shirdi sai baba
परिचय 
Shree Satya Sai Baba
   
परिचय

भगबान् श्री सत्य साई बाबाको असिम अनुकम्पाबाट यस श्री सत्य साई केन्द्र कालिकास्थान २०५८ साल गुरुपूर्णिमाको पाबन अबसर देखि भगबान बाबाले दिनुभएको संगठनको घोषणा पत्र आचारसंहिता तथा श्री सत्य साई सेबा संगठन नेपालको संचालन निर्देशिका र मार्ग निर्देशनहरुलाई ह्रदयगम गरि स्थापना भएको हो । श्री सत्य साई केन्द्र कालिकास्थान आफनो स्थापना काल देखिनै केन्द्रले गर्नु पर्ने कार्यहरुलाई निरन्तरता दिदै आईरहेको छ । जुन कठिन अबस्था र परिस्थितिहरुमा यो केन्द्र स्थापना भएको थियो ती अबस्था र परिस्थितिहरुलाई संझदा भगबान् बाबाको मिसनमा सहभागी बन्न बिभिन्न परिक्षाहरुको सामना गर्नु पर्दोरहे छ र त्यहि परिक्षाहरुको प्रतिफल आज श्री सत्य साईकेन्द कालिकास्थानको रुपमा चिनिएको छ । यसको निमित्त संम्पूर्ण साईभक्तहरुले दर्शाऊनु भएको भगबान बाबा प्रतिको  अटल बिश्बास, संयमता र धैर्यको परिंणाम हो यस केन्द्रका सदस्य साईरामहरु, भक्तजनहरु तथा शुभचिन्तक साईरामहरुले देखाऊनु भएको प्रेम, एकता, सदभाब, सहयोग, सल्लाह, सुझाब आदिबाट सम्भब भएको हो । भजबानको मिसनमा हामी केबल एऊटा निमित्त मात्र हौं। यस केन्द्र यति छोटो अबधिमा यस अबस्थामा आऊनु भगबानको असिम अनुकम्पा, आशिर्बाद र चाहनाबाट मात्र सम्भब भएको हो ।
भगबान श्री सत्य साई बाबाले मानब कल्याणको लागि दिनु भएको यो संगठन हामी सबैको लागि दिब्य ऊपहार हो । श्री सत्य साई केन्द्र कालिकास्थान श्री सत्य साई  सेबा संगठन नेपाल अर्थात् श्री सत्य साई केन्द्रिय परिषद् नेपाल अन्तर्गतको केन्द्र हो । अरु...

   
कायक्रमहरु
 
सूचना
 

Contact
Kalikasthan, Kathmandu, Nepal
Phone:977-1-4441196

email : saibaba@saibaba.com.np


 
:: All right reserved © Shree Satya Sai Kendra, Kalikasthan, Kathmandu. Site dedicated to baba by Alignstech Pvt. Ltd. ::